म्ेटलाइफ नेपालले मेटलाइफ फाउण्डेसनद्वारा अनुदान प्रदान गरिएको एक स्वयंसेवी कार्यक्रममा मानवताको लागि आवास, नेपालसँग मिलेर सहकार्य गरिरहेछ । मेटलाइफ फाउण्डेसनले नेपालका चुनिएका क्षेत्रहरुका कम भाग्यशाली व्यक्तिहरुका निम्ति आवास निर्माण हेतू मानवताको लागि आवास, नेपाललाई अनुदान राशि उपलब्ध गराउने गर्दछ । यो अभियानको एक अ·को रुपमा, मेटलाइफका प्रतिनिधिहरुले स्वयंसेवक बनेर आवास निर्माण कार्यहरुमा सहभागी हुने अवसर प्राप्त गरेका छन् ।
जम्मा १०३ जना स्वयंसेवकहरुले डिसेम्बर १४ देखि १६, २०१६ मा ३ दिनसम्म काभ्रेपलाञ्चोकमा आवास निर्माण कार्यमा सहभागीता जनाएका थिए ।यसमा मेटलाइफका कर्मचारीहरु र सदस्यहरु सहभागी भएर यस हितकारी अभियानको लागि आफ्नो सम्पूर्ण समय र लगाव खर्च गरेका थिए । स्वयंसेवकहरुले यस दौरानमा स्थानीयहरुसँग मिलेर ईंटा, माटो ओसार्ने तथा ढुङ्गा फोड्ने कार्यमा संलग्न रहेका थिए । यो सबै त्यस क्षेत्रका स्थानीय बासिन्दाहरुको घर निर्माण कार्यको एक भागको रुपमा गरिएको थियो ।मेटलाइफ फाउण्डेसनको बारेमा अझ बढी जान्न यहाँ क्लिक गर्नुहोस् ।