तपाईं आफ्नो परिवारको सदैव भलो चाहनु हुन्छ । तर जीवन सधैं अनिश्चितताले भरिएको हुन्छ । त्यसैले यो सुनिश्चित् गर्न जरुरी छ कि तपाईंलाई केही अनहोनी भैहालेमा तपाईंको पििरवारको संरक्षण उचित ढँगले होस् । यो सरल योजना जीवन बीमाको सर्वाधिक व्यहारिक किसिम हो जसले न्यून लागतमा उच्चतम सुरक्षण प्रदान गर्दछ । तपाईंको प्रियजनलाई जीवनभर सुविधा र सुरक्षा प्रदान गर्ने यो नै एक उत्तम उपाय हो ।
यो बीमालेखले बीमालेख अवधि समाप्ति पश्चात बीमालेखधनीलाई बीमांक रकम भुक्तानी दिनेछ । सावधिक बीमालेखको अवधि समाप्त हुनु अगावै यदि कारणवश मृत्यु भएमा प्रिमियमको भुक्तानी अन्त्य गरिनेछ र लाभग्राहीलाई तोकिएको बोनसका साथ बीमांक रकम चुक्ता गरिनेछ।
यदी अवधि समाप्ति अघि बिमित बच्चाको मृत्यु भएमा:
वर्गीकृत मृत्युलाभ अनुमोदन (Graded Death Benefit Endorsement )* पत्रको अधीनमा रही भुक्तानी योग्य मृत्युलाभ रकम भुक्तानी गरिन्छ ।
बीमितको आयु २ वर्ष ६ महिना नपुग्दै बीमितको मृत्यु भएमा यस वर्गीकृत मृत्युलाभ अनुमोदन ÷ शिक्षा संरक्षण योजना अनुमोदनपत्र अन्तर्गत भुक्तानी गरिने रकम तल दिईएको अनुसूचि बमोजिम हुनेछ ।
मृत्यु हुदाको उमेर | भुक्तानी हुने रकम |
६ महिना भन्दा कम भएमा | बीमाड्ढ रकमको २५ प्रतिशत |
सबभन्दा नजिकको जन्मदिनमा पुग्ने उमेर १ वर्ष भएमा | बीमाड्ढ रकमको ५० प्रतिशत |
सबभन्दा नजिकको जन्मदिनमा पुग्ने उमेर २ वर्ष भएमा | बीमाड्ढ रकमको ७५ प्रतिशत |
सबभन्दा नजिकको जन्मदिनमा पुग्ने उमेर ३ वर्ष भएमा | बीमाड्ढ रकमको शत प्रतिशत |
मृत्युलाभ बीमाड्ढ रकमको २५ प्रतिशत भन्दा बढी हुने अवस्थामा बीमाड्ढको २५ प्रतिशत तल्काल भुक्तानी गरी बाँँकी हुन आउने, मृत्युहँुदा सम्मको आर्जित बोनस सहितको रकम बीमालेख परिपक्व वा समाप्ती (Maturity) भएपछि भुक्तानी गरिनेछ ।