अवलोकन
प्रवेश योग्य उमेरः १८ देखि ५४ वर्ष
अवधिः कम्तीमा ५ वर्ष र बढीमा २० वर्ष
बीमांक रकमः वार्षिक प्रिमियम ह् पोलिसी अवधि
अधिकतम बीमांक रकमः ने.रु.१५० लाख
न्यूनतम वार्षिक प्रिमियमः ने.रु.१२,०००÷
अधिकतम वार्षिक प्रिमियमः ने.रु. ३० लाख
प्रिमियम भुक्तान तरिकाः वार्षिक, अर्ध–वार्षिक वा त्रैमासिक
दुर्घटना बीमा रक्षावरण(एडि÷डि÷पिटिडि)ः बढीमा ६५ वर्ष उमेरसम्म ।
लाभ र प्रक्षेपित परिपक्वता रकमको एक झलक
यदि ३५ वर्ष उमेर पुगेको बीमितले २० वर्ष अवधिको बीमा गर्न चाहन्छ र वार्षिक प्रिमियम ने.रु.३०,०००÷( अर्थात मासिक बचत रु.२,५००÷) बुझाउन सक्छ भनें त्यस्तो बीमितले प्राप्त गर्न सक्ने बीमा रक्षावरण र लाभ यसप्रकार हुनेछः
उदाहरण, फ्युचर केयर डिपिएस– गोल्ड प्लानका लागि
- लाइफ कभरेजःने. रु.६००,०००/- (अर्थात रु.३०,००० ह२०)
- दुर्घटना कभरेजः ने.रु.१२००,०००/-
- परिपक्वता रकम २ अनुमानित लगानी आयको दर
- निक्षेप दर ७ प्रतिशतले ने.रु.१,०६१,१६७/-
- निक्षेप दर ९ प्रतिशतले ने.रु.१,३५६,८२१/-
अथवा
- आजीवन अन्युटी (पेन्सन) (यदि बीमितले माथि लेखिए बमोजिम एमकुष्ठ रकम नलिई आजीवन अन्युटी (पेन्सन) लिन चाहेमा)ः
- मासिक आय २ अनुमानित ब्याज दर ७ प्रतिशत भएमा रु.५,८४६÷६५
- मासिक आय २ अनुमानित ब्याज दर यदि ९ प्रतिशत भएमा रु.७,४७५÷५९
उदाहरण, सिल्भर प्लायन फ्युचर केयर डिपिएसका लागि
- दुर्घटना कभरेज– ने.रु.१२००,०००/-
- परिपक्वता रकम २ अनुमानित लगानी निक्षेप दर
- निक्षेप दर ७ प्रतिशतले ने.रु.१,०८८,३८१/-
- निक्षेप दर ९ प्रतिशतले ने.रु.१,३९०,८६२/-
अथवा
- आजीवन अन्युटी (पेन्सन) स्वेच्छिक८ (यदि बीमितले माथि लेखिए बमोजिम एमकुष्ठ रकम नलिई आजीवन अन्युटी (पेन्सन) लिन चाहेमा)ः
- मासिक आय २ अनुमानित ब्याज दर ७ प्रतिशतले रु.५,९९६÷६८
- मासिक आय २ अनुमानित ब्याज दर यदि ९ प्रतिशत भएमा रु.७,६६३÷१५
* प्रस्तुत झलक एक उदाहरण मात्र हो र सजिलो तरिकाले बुझ्न मद्दत पुगोस् भन्ने उद्देश्यले एक अनुमानित आँकडा यहाँ पेश गरिएको हो । वास्तविक रकमको गणना यथार्थ ब्याजदर र मृत्युदर तालिकाको प्रयोग गरेर परिपक्वताको समयमा निर्धारण गरिनेछ ।
फ्युचर केयर डिपिएसमा थप गर्न सकिने केही लाभहरु देहाय बमोजिम रहेका छन्ः
- घातक रोग पुरक करारः ७ घातक रोगहरु (मुख्य क्यान्सर, पहिलो ह्रदयाघात, स्ट्रोक, अहानिकर ब्रेन ट्युमर, गहन कोरोनरी मुटु रोग, मुटु भल्भको शल्यक्रिया र प्राइमरी पल्मोनरी हाइपरटेन्सन) को रक्षावरण गरिन्छ । उल्लिखित रोगहरुमध्ये कुनै एक रोग लागेको पहिचान पश्चात् बीमांक रकमको ५० प्रतिशत वा १०० प्रतिशत बराबर एकमुष्ठ रकम भुक्तान दिइनेछ ।
- परिवार संरक्षण पुरक करारः प्रिमियम अवधिको दौरानमा नै यदि दुर्घटनाको कारण वा विरामी भएको कारण सदाको लागि र पूर्ण अपा·ता व्यहोरेमा बाँकी प्रिमियम –मूख्य बीमालेख एवं पुरक करार हरुको) माफि गरिनेछ।
प्रथम पटक पोलिसी प्रकाशित मितिः२४/०५/२०१२
पूरक करार लाभ:
पुरक करार एक थप बीमालेख हो जुन मूख्य बीमालेखको एक अङ्गको रुपमा रहनेछ । यसले कुनै दुर्घटना भैहालेमा रक्षावरण स्वरुप सम्झौताामा उल्लेख गरे अनुसारका अतिरिक्त लाभहरु प्रदान गर्नेछ । बीमालेखमा समावेश गर्न सकिने केही पुरक करारहरुः
- दुर्घटनाले मृत्यु लाभ (एडिबि)ःयस अन्तर्गत दुर्घटनाको कारण बीमितको मृत्यु भएको अवस्थामा थप रकम सहित भुक्तानी गरिनेछ ।
- अपा·ता भएमा प्रिमियम माफि (डब्लुपि)ः कथंकदाचित बीमित सदाको लागि पूर्ण अपा· भएमा डब्लुपिले पोलिसीको बाँकी प्रिमियम माफि गर्नेछ ।
- अपाङ्गता सँरक्षण पूरक करार (डिपिआर)ः यसले संरक्षक(शैक्षिक सँरक्षण योजना मातहत) रोग वा दुर्घटनाको कारण अपाङ्ग हुन पुगेमा सुरक्षा प्रदान गर्दछ । यदि संरक्षक सदाका लागि अपाङ्ग भएमाः
- बाँकी सबै प्रिमियम माफि दिइनेछ र पोलिसी यथावत् रुपमा नै चालु रहनेछ ।
- बीमाड्ढ रकमको एक प्रतिशत बराबरले हुन आउने रकम हरेक महिना पोलिसी परिपक्वता नभएसम्म सन्ततिलाई प्रदान गरिनेछ र परिपक्वता भएपछि, सन्ततिलाई पोलिसीको समर्पण रकमका साथै बोनस रकम पनि चुक्ता गरिनेछ ।
- व्यत्तिगत दुर्घटना सुरक्षा (पिए)ः व्यत्तिगत दुर्घटना सुरक्षाले बीमितको जीवनलाई दुर्घटना भैहालेमा व्यापक रुपमा सुरक्षाको सुनिश्चत्ता प्रदान गर्दछ । दुर्घटना बीमा रक्षावरण अन्तर्गत निम्न विषय पर्दछन्ः
- दुर्घटनाले हुने मृत्यु (एडि)– कथंकदाचित दुर्घटनाको कारण बीमितको मृत्यु भैहालेमा एकमुष्ठ रकम लाभग्राहीलाई प्रदान गरिनेछ ।
- सदाका लागि पूर्ण अपाङ्ग (पिटिडि)–दुर्घटनाको कारण सदाका लागि पूर्ण अपाङ्ग हुन गएमा बीमितलाई एकमुष्ठ रकम प्रदान गरिनेछ ।
- सदाका लागि आँशिक अपाङ्ग (पिपिडि)–कथंकदाचित दुर्घटनाको कारण हेर्ने वा सुन्ने वा बोल्ने शक्ति गुमेमा समर्पण रकमको प्रतिशतका दरले हुन आउने रकम बीमितलाई चुक्ता गरिनेछ ।