तीन किस्ते योजनाले अत्यन्त न्यून लागतमा तपाईंको लगानीको आकर्षक प्रतिफल दिनुका साथै उच्च बीमा संरक्षण प्रदान गर्दछ । यस योजनाको मुख्य विेशषता भनेकै मेटलाइफले बीमांक रकम तीन किस्तामा भुक्तानी गर्नु हो ।
१. बीमांक रकमको २५ प्रतिशत रकम बीमालेख अवधिको एक तिहाई अवधिको अन्त्यमा प्रदान गरिन्छ।
२. थप २५ प्रतिशत रकम बीमालेख अवधिको दुई तिहाई अवधिको अन्त्यमा प्रदान गरिन्छ ।
३. बीमांक रकमको बाँकी ५० प्रतिशत ु रकम बोनसका साथ प्रदान गरिनेछ । मृत्युको घटना हुँदा, पहिले भुक्तानी गरिसकेको किस्ताको लागि कुनै कट्टि गरिने छैन ।
संरक्षण:
बीमालेखको पूर्ण अवधिभरका लागि तपाईं सम्पूर्ण बीमांक रकम र तोकिएको बोनसका लागि बीमित भएको हुनुहुनेछ । मृत्युको घटना हुँदा, पहिले भुक्तानी गरिसकेको किस्ताको लागि कुनै कट्टि गरिने छैन। तपाईं अन्तिम दिनसम्म पनि सम्पूर्ण रकमका लागि बीमित रहनु हुन्छ ।
यदी अवधि समाप्ति अघि बिमित बच्चाको मृत्यु भएमा:
वर्गीकृत मृत्युलाभ अनुमोदन (Graded Death Benefit Endorsement )* पत्रको अधीनमा रही भुक्तानी योग्य मृत्युलाभ रकम भुक्तानी गरिन्छ ।
बीमितको आयु २ वर्ष ६ महिना नपुग्दै बीमितको मृत्यु भएमा यस वर्गीकृत मृत्युलाभ अनुमोदन ÷ शिक्षा संरक्षण योजना अनुमोदनपत्र अन्तर्गत भुक्तानी गरिने रकम तल दिईएको अनुसूचि बमोजिम हुनेछ ।
मृत्यु हुदाको उमेर | भुक्तानी हुने रकम |
६ महिना भन्दा कम भएमा | बीमाड्ढ रकमको २५ प्रतिशत |
सबभन्दा नजिकको जन्मदिनमा पुग्ने उमेर १ वर्ष भएमा | बीमाड्ढ रकमको ५० प्रतिशत |
सबभन्दा नजिकको जन्मदिनमा पुग्ने उमेर २ वर्ष भएमा | बीमाड्ढ रकमको ७५ प्रतिशत |
सबभन्दा नजिकको जन्मदिनमा पुग्ने उमेर ३ वर्ष भएमा | बीमाड्ढ रकमको शत प्रतिशत |
मृत्युलाभ बीमाड्ढ रकमको २५ प्रतिशत भन्दा बढी हुने अवस्थामा बीमाड्ढको २५ प्रतिशत तल्काल भुक्तानी गरी बाँँकी हुन आउने, मृत्युहँुदा सम्मको आर्जित बोनस सहितको रकम बीमालेख परिपक्व वा समाप्ती (Maturity) भएपछि भुक्तानी गरिनेछ ।