Skip Navigation
बन्द गर्नुहोस्

नोट

चयन गरिएको पृष्ठको लागि अनुवाद हाल उपलब्ध छैन।

सुभविष्य बीमा

पाँच विकल्पहरु मध्ये तपाईंको सुविधापूर्ण अवकाशका लागि कुनै एक रोज्नुहोस् र हरेक वर्ष नियमित मासिक आय प्राप्त गर्नुहोस् ।

तपाईंको रिटायरमेन्टको दौरान तपाईंका वित्तिय आवश्यकताहरु पूरा गर्नलाई मासिक आय प्राप्त गर्न सुभविष्य बीमा आजीवन आयको लागि तपाईंको उमेर निर्धारण गर्नुहोस् । जस अनुरुप, तपाईंले प्रिमियम भुक्तानी अवधि १० वा १५ वा २० वा २५ वा ३० वर्षमध्ये कुनै र चयन गरिएको अवधिका लागि तपाईंलाई सुलभ लागेको आवश्यक प्रिमियम चयन गर्न सक्नु हुनेछ  । 

कथंकदाचित बीमितको असामयिक निधन भएमा, लाभग्राहीलाई तोकिएको बोनससहित बीमांक रकम उपलब्ध गराइनेछ ।

बीमालेख समाप्त भएको अवस्थामा, परिपक्वता लाभ देहायका विकल्पहरुमध्ये एक अनुसार प्राप्त गर्न सकिनेछः

  1. जीवनभर मासिक आम्दानी ।
  2. २० वर्षे ग्यारेन्टीका साथ मासिक आम्दानी ।
  3. साँवा रकम कम्पनीमा छाडेर वार्षिक नगद कुपन आर्जन गर्ने ।
  4. साँवा रकमको ५० प्रतिशत रकम प्राप्त गर्ने र  वार्षिक नगद कुपन आर्जन गर्न ५० प्रतिशत छाड्ने ।
  5. एकमुष्ठ साँवा रकम स्वीकार गर्ने ।

अवलोकन

तपाईंले अवकाश प्राप्त गरेको उमेर (उमेर बढीमा १०० वर्ष वा कम्तीमा २० वर्ष ग्यारेन्टी भएको) देखि तपाईंले मात्र हरेक वर्ष प्रत्येक महिना मासिक आय प्राप्त गर्ने नभई,२० वर्ष अगावै बीमितको कुनै कारणले जीवन गुमेमा बाँकी मासिक भुक्तानीहरु तपाईंको प्रियजनलाई प्रदान गरिनेछ । तपाईंले प्रिमियम सीमित अवधिको लागि तिर्नुहोस्, म्यादको अन्त्यमा, पाँच विकल्पहरुमध्ये तपाईंलाई जुन सबैभन्दा लाभदायक लाग्छ, त्यही रोज्नुहोस् ।

योग्यताः उमेर–कम्तीमा १८ वर्ष देखि बढीमा ५५ वर्षसम्म

बीमांक  रकमः न्यूनतम ने.रु. ५०,०००, अधिकतम ने.रु. ५ करोड

पोलिसी  अवधिः १०,१५,२०,२५ वा ३० वर्ष

प्रिमियम भुक्तानी  तरिकाः वार्षिक, अर्ध–वार्षिक वा त्रैमासिक

यसले कसरी कार्य गर्छ?

तपाईंको अवकाशको दौरानबीच प्रिमियम भुक्तानीको चरण पूरा भएपछि तपाईंले जीवनभरको लागि मासिक आम्दानी प्राप्त गर्न शुरु गर्नु हुनेछ । मासिक आम्दानी २० वर्षको लागि ग्यारेन्टी गरिनेछ र तत्पश्चात १०० वर्षको उमेरसम्म जीवनभर आम्दानी स्वरुप निरन्तर प्रदान गरिनेछ । मासिक आम्दानीको रकम प्रिमियम भुक्तानी चरणको अन्त्यमा विकल्प लागू गर्ने समयताका उक्त समयमा कम्पनीद्वारा मृत्युदर र प्रचलित ब्याजदरको आधारमा निर्धारण गरिएको सालाना फ्याक्टरको प्रयोग गरेर निर्धारण गरिनेछ ।

तपाईंले २० वर्षसम्मको लागि मात्र ग्यारेन्टीका साथ मासिक आम्दानी प्राप्त गर्नू हुनेछ । यो जीवनभरको लागि दिइने छैन र मासिक आम्दानी केवल २० वर्र्षको लागि भुक्तानी दिइनेछ । मासिक आम्दानीको रकम प्रिमियम भुक्तानी चरणको अन्त्यमा विकल्प लागू गर्ने समयताका उक्त समयमा कम्पनीद्वारा मृत्युदर र प्रचलित ब्याजदरको आधारमा निर्धारण गरिएको सालाना फ्याक्टरको प्रयोग गरेर निर्धारण गरिनेछ ।

 

तपाईंले साँवा रकम (बीमांक रकम तोकिएको बोनस जोडी कुनै बीमालेख ऋण लिएको भए सो घटाई  आउने रकम) कम्पनीमा वार्षिक नगद कुपनको स्वरुपमा आय आर्जन गर्न राख्न सक्नु हुन्छ । कुपनको दर कम्पनीले लगानीबाट प्राप्त हुने आम्दानीमा निर्भर रहेर हरेक पोलिसी वर्षको शुरुमा प्रस्ताव गर्नेछ । वार्षिक नगद कुपनको भुक्तानी प्रिमियम भुक्तानी गरिने चरणको समाप्तीलाई तत्काल मध्यनजर राख्दै बीमालेख वार्षिकोत्सवदेखि नै लागू हुन आरम्भ हुनेछ र यो बीमितको उमेर १०० वर्ष वा निधनमध्ये जुन पहिला हुन्छ तबसम्म जारी रहनेछ ।

तपाईंलाई कम्पनीमा कुपन छाडेर ब्याजमा संचय गर्ने विकल्प पनि रहेको छ । ब्याजदर हरेक वर्ष लगानीबाट प्राप्त हुने आम्दानीमा निर्भर रहन्छ । तपाईं १०० वर्ष पुग्नु भएपछि तपाईंले साँवा रकमका साथ कुपनको संचित मुल्य पनि प्राप्त गर्नु हुनेछ । वार्षिक कुपनको ग्यारेन्टी  रहने छैन ।

तपाईंले प्रिमियम भुक्तान गरिने चरणपश्चात् कुनैपनि समयमा बीमालेख त्याग गर्न सक्नु हुनेछ र कम्पनीमा संचयगर्न छाड्नु भएको कुनै कुपन बाँकी छ भनें त्यो सहित साँवा रकम फिर्ता पाउनु हुनेछ । वार्षिक नगद कुपन साँवा रकमको भुक्तानीमा रोक्का गरिनेछ ।

तपार्इंले साँवा रकमको ५० प्रतिशत रकम एकमुष्ठ प्रिमियम भुक्तान गरिएको चरणको समाप्तीसँगैं प्राप्त गर्नु हुनेछ र साँवा रकमको बाँकी ५० प्रतिशत रकमबाट वार्षिक नगद कुपनको स्वरुपमा तपाईंलाई आय आर्जन प्रदान गरिनेछ । कुपनको दर कम्पनीले लगानीबाट प्राप्त हुने आम्दानीमा निर्भर रहेर हरेक पोलिसी वर्षको शुरुमा प्रस्ताव गर्नेछ । वार्षिक नगद कुपनको भुक्तानी प्रिमियम भुक्तानी गरिने चरणको समाप्तीलाई तत्काल मध्यनजर राख्दै बीमालेख वार्षिकोत्सवदेखि नै लागू हुन आरम्भ हुनेछ र यो बीमितको उमेर १०० वर्ष वा निधनमध्ये जुन पहिला हुन्छ तबसम्म जारी रहनेछ ।

तपाईंलाई कम्पनीमा कुपन छाडेर ब्याजमा संचय गर्ने विकल्प पनि रहेको छ । ब्याजदर हरेक वर्ष लगानीबाट प्राप्त हुने आम्दानीमा निर्भर रहन्छ । तपाईं १०० वर्ष पुग्नु भएपछि तपाईंले साँवा रकमका साथ कुपनको संचित मुल्य पनि प्राप्त गर्नु हुनेछ । वार्षिक कुपनको ग्यारेन्टी  रहने छैन ।

तपाईंले प्रिमियम भुक्तान गरिने चरणपश्चात् कुनैपनि समयमा बीमालेख त्याग गर्न सक्नु हुनेछ र कम्पनीमा संचयगर्न छाड्नु भएको कुनै कुपन बाँकी छ भनें त्यो सहित साँवा रकम फिर्ता पाउनु हुनेछ । वार्षिक नगद कुपन साँवा रकमको भुक्तानीमा रोक्का गरिनेछ ।

तपाईंले प्रिमियम भुक्तान गरिने चरणको समाप्तीमा साँवा रकममा कुनै ऋण लिएको भए सो घटाई, एकमुष्ठ प्राप्त गर्नु हुनेछ । यसप्रकारको भुक्तानीपश्चात् बीमालेखको सम्झौता अन्त्य भएको ठहरिनेछ र बीमालेख मातहतका सम्पूर्ण शर्तहरुबाट कम्पनी स्वतन्त्र हुनेछ ।

अन्य थप लाभहरुको कभरेजका लागि देहायका पुरक करारहरु थप गर्न सकिनेछःएडिबी, डब्लुपि, पिए र एलटिआई जीवनभर मासिक आम्दानीको पुरक करार (एलटिआई)ः  कथंकदाचित दुर्घटनाबाट मृत्यु भएमा वा दुर्घटनाको कारणले सदाका लागि अपा·ता व्यहोर्न परेमा २० वर्षको न्यूनतम ग्यारेन्टीका साथ यस अन्तर्गत जीवनभर मासिक आम्दानी प्रदान गरिनेछ । यो व्यवस्था १८ देखि ५९ वर्ष उमेरका बीमितहरुले न्यूनतम रु.१५००÷ वा समर्पण रकमको १ प्रतिशत का दरले जीवनभर मासिक आम्दानीको रक्षावरण लिन सक्नु हुनेछ ।

सुभविष्य बीमा आजीवन आय पोलिसीको एक झलकः

मैले विकल्प १ अन्तर्गत पाउने मासिक आम्दानी कति हुनेछ ?

यो विकल्प अन्तर्गत तपाईंले प्राप्त गर्नु हुने मासिक आम्दानीको गणना यसप्रकार हुनेछः

  • मासिक आम्दनी– साँवा रकम÷सालाना फ्याक्टर ८ × १२

उदाहरणको लागिः

मानिलिऊँ, बीमितको उमेर ६५ वर्ष पुगेपछि पोलिसी परिपक्व हुन्छ र कूल परिपक्वता लाभ(साँवा रकम) ने.रु.१,५००,०००/- हुन आउँछ भनें..

यस विकल्प अन्तर्गत दिइने मासिक आम्दानी भुक्तानी  यसप्रकार हुनेछः

  • अनुमानित ५ प्रतिशत ब्याजदरलेः ने.रु.९,११३ प्रति महिना
  • अनुमानित ६ प्रतिशत ब्याजदरलेः ने.रु.९,९४४ प्रति महिना

मैले विकल्प २ अन्तर्गत पाउने मासिक आम्दानी कति हुनेछ ?

यो विकल्प अन्तर्गत तपाईंले प्राप्त गर्नु हुने मासिक आम्दानीको गणना यसप्रकार हुनेछः

  • मासिक आम्दनी– साँवा रकम÷सालाना फ्याक्टर८ × १२

उदाहरणको लागिः

मानिलिऊँ, बीमितको उमेर ६५ वर्ष पुगेपछि पोलिसी परिपक्व हुन्छ र कूल परिपक्वता लाभ(साँवा रकम) ने.रु.१,५००,०००/- हुन आउँछ भनें..

यस विकल्प अन्तर्गत दिइने मासिक आम्दानी भुक्तानी  यसप्रकार हुनेछः

  • अनुमानित ५ प्रतिशत ब्याजदरलेः ने.रु.९,५५३ प्रति महिना
  • अनुमानित ६ प्रतिशत ब्याजदरलेः ने.रु.१०,२८१ प्रति महिना

* सालाना फ्याक्टर ब्याजदर र मृत्युदरको अनुमानमा आधारित हुनेछ, यसैले पोलिसी परिपक्व हुनेताका वास्तविक सालाना फ्याक्टरहरु सो समयमा प्रचलनमा देखिएको ब्याजदर र मृत्युदरमा निर्भर रहेर घटी वा बढी  हुन सक्नेछ ।

प्रथम पटक पोलिसी जारी मितिः १६÷०८÷२०१०

पूरक करार लाभ
पूरक करार एक थप बीमा पोलिसी हो जुन सम्झौताको एक अङ्गको रुपमा रहनेछ । यसले कुनै दुर्घटना भैहालेमा कभर स्वरुप सम्झौताामा उल्लेख गरे अनुसारका अतिरिक्त लाभहरु प्रदान गर्नेछ । बीमा पोलिसीमा समावेश गर्न सकिने केही  प्रबन्धहरुः

  • दुर्घटनाले मृत्यु लाभ (एडिबि)ःयस अन्तर्गत दुर्घटनाको कारण बीमितको मृत्यु भएको अवस्थामा थप रकम सहित भुक्तानी गरिनेछ । 
  • अपाङ्गता सुरक्षण प्रबन्ध (डिपिआर)ः यसले संरक्षक(शैक्षिक सुरक्षण योजना मातहत) विरामी वा दुर्घटनाको कारण अपाङ्ग हुन पुगेमा सुरक्षा प्रदान गर्दछ । यदि संरक्षक सदाका लागि अपाङ्ग भएमाः

○ बाँकी सबै प्रिमियम माफि दिइनेछ र पोलिसी यथावत् रुपमा नै चालु रहनेछ ।

○ समर्पण रकमको एक प्रतिशत बराबरले हुन आउने रकम हरेक महिना पोलिसी परिपक्व नभएसम्म बच्चालाई प्रदान गरिनेछ र परिपक्व भएपछि, बच्चालाई पोलिसीको समर्पण रकमका साथै बोनस रकम पनि चुक्ता गरिनेछ । 

  • व्यत्तिगत दुर्घटना सुरक्षा (पिए)ः व्यत्तिगत दुर्घटना सुरक्षाले बीमितको जीवनलाई दुर्घटना भैहालेमा व्यापक रुपमा सुरक्षाको सुनिश्चत्ता प्रदान गर्दछ । दुर्घटना बीमा रक्षावरण अन्तर्गत निम्न विषय पर्दछन्ः

○ दुर्घटनाले हुने मृत्यु (एडि)– कथंकदाचित दुर्घटनाको कारण बीमितको मृत्यु भैहालेमा एकमुष्ठ रकम लाभग्राहीलाई प्रदान गरिनेछ ।

○ सदाका लागि पूर्ण अपाङ्ग (पिटिडि)–दुर्घटनाको कारण सदाका लागि पूर्ण अपाङ्ग हुन गएमा बीमितलाई एकमुष्ठ रकम प्रदान गरिनेछ ।

○ सदाका लागि आँशिक अपाङ्ग (पिपिडि)–कथंकदाचित दुर्घटनाको कारण हेर्ने वा सुन्ने वा बोल्ने शक्ति गुमेमा समर्पण रकमको प्रतिशतका दरले रकम बीमितलाई चुक्ता गरिनेछ ।

खण्डन

  1. यो एक झलक मात्र हो, जसले परिपक्वताका विकल्पहरु प्रदर्शित गर्दछ – यो सम्झौता होइन । तपाईंको बीमालेखसँगै रक्षावरणको वास्तविक अवधिहरु संलग्न हुनेछन् ।
  2. सालाना फ्याक्टर ब्याजदर र मृत्युदरको अनुमानमा आधारित हुनेछ, यसैले बीमालेख परिपक्व हुनेताका वास्तविक सालाना फ्याक्टरहरु सो समयमा प्रचलनमा देखिएको ब्याजदर र मृत्युदरमा निर्भर रहेर घटी वा बढी हुन सक्नेछ ।